दफा ८
समितिको कोषः
८. समितिको कोषः
(१) समितिको नाममा एउटा छुट्टै कोष रहनेछ र सो कोषमा देहाय बमोजिमका रकमहरू रहनेछन्ः–
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) समितिले प्रदान गरेको सेवा तथा सुविधा बापत प्राप्त रकम,
(ग) स्वदेशी व्यक्ति, संघ, संस्था वा निकायबाट प्राप्त रकम,
(घ) विदेशी सरकार, संघ, संस्था वा व्यक्तिबाट अनुदान वा ऋण स्वरुप प्राप्त रकम,
(ङ) अन्य स्रोतबाट प्राप्त रकम ।
(२) समितिले उपदफा (१) को खण्ड (घ) बमोजिमको कुनै रकम प्राप्त गर्नु अघि नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।
(३) समितिको तर्फबाट गरिने सम्पूर्ण खर्च उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ ।
(४) समितिको कोषमा रहेको रकम नेपालभित्रको कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ ।
(५) समितिको कोषको सञ्चालन समितिको सदस्य–सचिव र लेखा सम्बन्धी काम गर्ने प्रमुख कर्मचारीको संयुक्त दस्तखतबाट हुनेछ ।